29.1 C
Kathmandu

नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

काठमाडौँ / नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा नेपाली कांग्रेसका सांसद तथा नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।

मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्माले एमबीबीएस अध्ययनका लागि पेश गरिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनले भारतबाट प्रवीणता प्रमाणपत्र तहको अध्ययन गरेको प्रमाणपत्र पेश गरेर एमबीबीएस अध्ययन गरेका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार