29.1 C
Kathmandu

सरकार मिटरब्याजीको पक्षमा छः गृहमन्त्री श्रेष्ठ

सर्लाही / उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितको पक्षमा सरकार रहेको बताउँदै राजनीतिक पहुँचको आधारमा मिटरब्याजीले उन्मुक्ति नपाउने बताएका छन् ।

शनिवार सर्लाहीको वाग्मती नगरपालिकाद्धारा तयार गरिएको नमुना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मिटरब्याजीको जालो निकै फैलिएको बताउँदै मिटरब्याजीले राजनीतिक पहुँचको आधारमा कुनैपनि हालतमा उन्मुक्ति नपाउने बताए ।

सरकार मिटरब्याजीका सबालमा कठोर रहेको भन्दै उनले आफना कार्यकर्ताहरुलाई मिटरब्याजीको पक्षमा नलाग्न र लागेको पाइएमा कार्यकर्तालाई समेत कारबाही गर्ने चेतावनी दिए ।

‘पार्टीको सक्रिय कार्यकर्ता भए पनि मिटरब्याजीको पक्षमा रहेको जानकारी पाए हामी कारबाही गर्छौं, त्यसकारण तपाईंहरु मिटरब्याजीको पक्षमा नलाग्नुस्,’ मन्त्री श्रेष्ठले भने ।

वाग्मती नगरपालिकाले लोपोन्मुख पहरी समुदायका १३ परिवारका लागि १ करोड ५३ लाख रुपैयाँ खर्चगरे पक्की घर निर्माण गरिदिएको छ । उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले पहरी समुदायलाई नवनिर्मित पक्कि घरको साँचो हस्तान्तरण गरे ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार