26.1 C
Kathmandu

नेपाल समूह विजेता बन्दै एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ/ नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । शनिवार कुवेतसँग सेमिफाइनलको खेल वर्षाले पूरा हुन नपाए पनि डकवर्थ लुइस प्रणालीबाट नेपाल फाइनलमा पुगेको हो। 

वर्षाका कारण ४२–४२ ओभरमा छोट्याइएको उक्त खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाई ३७ रन बनाएको थियो । तर पुनः वर्षा हुन थालेपछि डकवर्थ लुइस प्रणालीबाट खेल टुंग्याइएको थियो । 

नेपाल समूह ‘ए’ मा ३ खेल जित्दै ७ अङ्कका साथ समूह विजेता बन्दै फाइलनमा पुगेको हो । कुवेतले समूह ‘बी’ मा ४ मध्येको ३ खेल जित्दै ६ अङ्कका साथ उपविजेता बन्यो । 

आजको खेलमा करण केसीले ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले अर्को एक विकेट लिएका थिए ।

रोहितले ९५ बलमा ९४ रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । रोहित र कुशल मल्लले चौथो विकेटमा १ सय ९ रनको साझेदारी गरे । कुशलले ४४ बलमा समान ४ चौका र छक्का प्रहार गरी ५७ रन बनाए । कुशल भुर्तेल र आसिफ शेखले १० ओभरमा ७६ रन जोडेका थिए । 

भीम सार्की १ रनमा आउट भएका थिए । आसिफ शेख २८ बलमा ३१ रन बनाई आउट भए । आरिफ शेखले १९ रन बनाए । दिपेन्द्रसिंह ऐरी डक आउट भए । सन्दीप लामिछाने ५ र करण केसी ६ रनमा आउट भएका थिए । सोमपाल कामी १३ र ललित राजवंशी २ रनमा अविजित रहे । 

त्यस्तै अर्को सेमिफाइनल खेल पनि वर्षाका कारण डकवर्थ लुइस प्रणालीमा खेलाइएको थियो । उक्त खेलमा यूएई फाइनलमा पुगेको छ । डकवर्थ लुइसमा यूएईले ओमानलाई २ रनले हराएको हो । सोमबार एसीसी प्रिमियर कपको फाइनल हुनेछ । फाइनलमा नेपाल र यूएईलाई भिड्नेछन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार