23.1 C
Kathmandu

राष्ट्र बैंकले बढायो डलर सटहीको सीमा

काठमाडौं/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत परिपत्र, २०७९ संशोधन गर्दै अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ।

राष्ट्र बैंकको यो निर्णयसँगै अब इजाजत प्राप्त मनी एक्सचेन्जले नेपाली नागरिकसँग अमेरिकी डलर पाँच हजारसम्म सटही गर्न सक्ने छन् । यस अघि अमेरिकी डलर पाँच सय वा सोबराबरको परिवर्त्य मुद्राबराबर मात्रै सटही गर्न सक्ने व्यवस्था थियो।

संशोधन गरिएको परिपत्रमा नेपाली नागरिकसँग अमेरिकी डलर पाँच हजार वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्रा (भन्सार घोषणाको प्रमाणित कागजात भए त्यस्तो कागजातमा उल्लिखित सम्पूर्ण रकम) को खरिद कारोबार गर्न सकिने उल्लेख गरिएकोछ । नेपाल राष्ट्र बैंकले जारी गरेको नया व्यवस्था अनुसार विदेशी इष्टमित्र र ग्राहकबाट उपहार, टिप्सबाट प्राप्त हुने रकम भने अधिकतम अमेरिकी डलर पाँच सयसम्म मात्र सटही गर्न सकिनेछ ।

राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधनमार्फत विदेश पढ्न जाने विद्यार्थीका लागि दिइने सटही सुविधासम्बन्धी व्यवस्था समेत थप गरेको छ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार