26.1 C
Kathmandu

इमर्जिङ्ग नेपालको कारोबार आइतबारदेखि, प्रतिकित्ता शेयर मूल्य ३१५ भन्दा बढी

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६०० कित्ता र कम्पनीका संस्थापकहरुले लागनी गरेको ५० लाख ४०० कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १०५ रुपैयाँ ११ पैसा र अधिकतम ३१५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको शेयरलाई ईएनएल ९भ्ल्ी० कारोबार संकेत दिएको छ । उक्त कारोबार संकेतमा कम्पनीको शेयर किनबेच गर्न सकिन्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार