काठमाडौं । त्रिभुवन विश्व विद्यालयको किर्तिपुर स्थित मैदानमा जारी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन झा र कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाए। गुल्शन झाले ४छक्का र ५ चौका सहित सहित सर्वाधिक ५४ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले २ छक्का र ५ चौका सहित ५२ रनको योगदान दिए। ओपनर कुशल भूर्तेल ३१ र आसिफ शेख ६ रनमा आउट भने करन केसी २० रन बनाए।
