29.1 C
Kathmandu

मलेसिया माथि नेपालको सानदार जित

काठमाण्डौ।  नेपालमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा मलेसियामाथि ६ विकेटको सानदार जितका साथ नेपाल सेमिफाइनलमा प्रवेश गरेको  छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन बनाएको थियो।१६६ रनको लक्ष्यका साथ मैदानमा उत्रेको नेपालले १८ औं ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा आक्रामक ब्याट्सम्यान कुशल मल्लले ६५ रनको अर्धसतकीय पारी खेले। नेपालका लागि ओपनर कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन जोड्दै सहज जितको आधार तय गरेका थिए ।

अर्ध शतक प्रहार गर्ने क्रममा नेपाली ब्याटर कुशल मल्ल ! तस्विरः क्यान

ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरेका थिए । कुशल भूर्तेल पवनदीप सिंहको बलमा मिडअफमा शार्विन मुनिआन्दीबाट क्याच आउट भएपछि लगातार तेस्रो अर्धशतक बनाउन चुकेका थिए ।

दोस्रो विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ६७ रनको साझेदारी गरेका थिए । मलेसियाका अमिर अजिमले ११.४ ओभरमा आसिफलाई ३२ रनमा आउट गर्दै त्यो साझेदारी तोडे। त्यस्तैगरी कुशल मल्ल ३४ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६५ रन बनाएको स्थितिमा १७ औं ओभरमा मलेशियन बलर मोहम्मद अमिरद्वारा आउट हुन पुगे।

म्यान अफ द म्याच कुशल मल्ल । तस्विरः क्यान

त्यसपछि आएका कप्तान रोहित पौडेल २ रनमा नै पवेलियन फर्किए। उनी पनि अमिरकै शिकार भए। यद्यपि, त्यसपछि  आएका सन्दीप जोरा १६ बलमा २ चौकासहित १८ रन र विवेक यादव २ रनमा अविजित रहदै १२ बल अगावै नेपालको जित सुरक्षित गराए।

मलेसियाको बलिङमा मोहम्मद अमिरले तीन तथा पवनदीपले एक विकेट लिँदा अन्य बलर भने विकेटविहीन रहे। यो समूहबाट नेपालसँगै ओमान सेमिफाइनलमा प्रवेश गर्दा समान दुई हार बेहोरेका मलेसियाका र सिंगापुरको यात्रा समूह चरणबाटै अन्त्य भएको छ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । मलेसियाका ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन।

नेपालका बलरमाथि हाबी भएका मलेसियाका ओपनरद्वय सैइद अजिज र जुबैदी जुलकिफलले ५८ रनको साझेदारी गर्दै राम्रो सुरुआत गरे। अविनाश बोहोराले ५.५ ओभरमा जबैदीलाई २४ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए। पहिलो विकेट पतनपछि नै मलेसियाले आक्रामक ब्याटिङ जारी राख्यो। एक छेउबाट ओपनर सैइद अजिजले इनिङ अगाडि बढाए। तर, सातौं ओभरमा मलेसियाले कप्तान अहमद फैजलाई ३ रनमा नै रनआउटका रूपमा गुमायो। एक छेउबाट अजिजले आक्रामक ब्याटिङ जारी राखे।

तर, लेग स्पिनर सन्दीप लामिछानेले अनुभवी ब्याटर विरनदीप सिंहलाई ४ रनमा नै पवेलियन फर्काउँदै नेपाललाई तेस्रो सफलता दिलाए। त्यो विकेटसँगै नेपालले मलेसियाको आक्रामक ब्याटिङलाई रोक्ने प्रयास गर्‍यो। ओपनर सैदले चौथो विकेटका लागि सार्भिन मुनैदीसँग ३४ रनको साझेदारी इनिङ उकास्ने प्रयास गरे। तर, कप्तान रोहित पौडेलले सार्भिनलाई १३ रनमा कट एन्ड बोल्ड गर्दै त्यो साझेदारी तोडे। १४ औं ओभरमा चौथो विकेट पतन हुँदा मलेसियाले ११९ रन जोडेको थियो।

मलेसियाले खातामा थप ६ रन जोड्दा महत्त्वपूर्ण ब्याट्सम्यान सैइदलाई ६८ रनमा गुमायो। गुल्सन झाले उनलाई कुशल भुर्तेलद्वारा क्याच आउट गराए। सैइदको इनिङमा आठ चौका र दुई छक्का थियो। त्यसपछि नेपालका बलरले कसिलो बलिङ गरे।

तस्विरः क्यान
तस्विरः क्यान

यद्यपि, तल्लो क्रमका ब्याटर विजयी उन्नीले नटआउट १३ रन जोड्दै मलेसियालाई राम्रो योगफलतर्फ अग्रसर गराए। नेपालको बलिङमा अविनाश बोहोराले चार ओभरमा सर्वाधिक चार विकेट लिँदा २७ रन खर्चिए। सन्दीप, रोहित र गुल्सनको नाममा एक विकेट रह्यो। अनुभवी बलर सोमपाल कामी र करण केसीले सो खेलमा कुनैपनि विकेट लिन सकेनन्।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार