29.1 C
Kathmandu

यूएईसँग नेपाल ४८ रनले पराजित

एजेन्सि/ आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक शृंखलामा नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले एक सय ६९ रनको लक्ष्य पाएको थियो । तर खराब ब्याटिङका कारण नेपाल ३५.१ ओभरमा एक सय २० रनमै समेटिएको थियो।

नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन जोड्दा ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रन जोडेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । ओपनर आसिफ शेख र कप्तान सन्दीप लामिछाने समान सात रन बनाउँद करण केसी र सोमपाल कामीले समान ६ रन जोडे । यस्तै, दीपेन्द्रसिंह ऐरी चार रनमा पेभेलियन फर्किँदा सागर ढकाल शून्यमा अविजित रहे । आरिफ शेख खाता नै खोल्न सकेनन् ।

नेपाललाई सस्तोमा समेट्न युएईका बसिल हमेदले सर्वाधिक चार विकेट लिए । पाँच ओभर बलिङ गरेका हमेदले एक मेडन राख्दै १५ रन खर्चिए । जुनैद सिद्दिकीले दुई विकेट, जहुर खान र रोहन मुस्तफाले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको युएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६८ रनको योगफल तयार गरेको थियो । युएईका चुन्दाङपोइल रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाएका थिए । यस्तै, ओपनर मुहम्मद वसिमले २१, कासिफ दाउदले १८ र बसिल हमेदले १४ रन बनाएका थिए ।

नेपालका सोमपाल कामीले चार विकेट लिएका थिए । यसबाहेक करण केसीले तीन विकेट, कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान एक एक विकेट लिएका थिए ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार