23.1 C
Kathmandu

निजामती कर्मचारीका सन्ततिलाई ५ लाखसम्म पढाइ खर्च दिने

काठमाडौं / सरकारले शैक्षिक योग्यताको आधारमा निजामती कर्मचारीका छोराछोरीलाई पाँच लाखसम्म पढाइ खर्च दिने भएको छ ।
बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलव्ध गराउने सम्बन्धी निर्देशिका,२०७८’ जारी गरेको छ । उक्त नीति अनुसार कर्मचारीका सन्ततिलाई २० लाख रुपैयाँसम्म लाग्ने शिक्षण शुल्कमा ५ लाखसम्म खर्च दिइने छ ।

निर्देशिका अनुसार बहाल रहेका स्थायी कर्मचारीका छोरा वा छोरी र हाल सार्वजनिक संस्थानमा नियुक्त भएका पूर्व निजामती कर्मचारीका छोराछोरीले शैक्षिक प्रोत्साहन वृत्ति पाउनेछन् । स्वदेशी विश्वविद्यालयका आंगिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थाको स्नातक तहको प्रथम वर्ष अध्ययनरत निजामती कर्मचारीका सन्ततिले उक्त शैक्षिक प्रोत्साहन वृत्ति पाउने निर्देशिकामा उल्लेख छ ।

२० लाखसम्मको शैक्षिक खर्च लाग्नेमा सरकारले ५ लाख प्रोत्साहन वृत्ति, १५ लाख देखि २० लाखसम्म खर्च लाग्नेमा ४ लाख, १० देखि १५ लाखसम्ममा ३ लाख, ५ देखि १० लाखसम्मलाई २ लाख खर्च र १ देखि ५ लाखसम्म १ लाख रुपैयाँ तथा १ लाखभन्दा कम खर्च शिक्षण शुल्कको आधारमा प्रोत्साहन स्वरुप रकम दिने निर्देशिकामा उल्लेख रहेको छ ।

शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन गन सामान्य प्रशासन मन्त्रालयको सचिवको अध्यक्षतामा ७ सदस्यीय समिति समेत गठन हुनेछ । उक्त शैक्षिक प्रोत्साहन वृत्ति पाएका कर्मचारीका सन्ततिलाई सामान्य प्रशासन मन्त्रालयले आवश्यक ठानेको स्थानमा एक वर्षसम्म खटाउन सक्ने मन्त्रालयले जनाएको छ । यस्तो अवस्थामा समान तह र श्रेणीका कर्मचारीले पाएको बराबर सुविधा हुने निर्देशिकामा उल्लेख छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार