तनहुँ/ बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । उनको विजयीको औपचारिक घोषणा भने हुन बाँकी छ ।
रास्वपाका वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याएका छन भने काँग्रेसका भट्टराईले २० हजार १ सय २२ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत् पाएका छन् ।