26.1 C
Kathmandu

निर्वाचन आयोगद्धारा स्थानीय तहको निर्वाचन कार्यक्रम सार्वजनिक, उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौं / निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ताका लागि वैशाख ११ र १२ गते गरि दुई दिनको समय तोकेको छ । आयोगको शुक्रबार बसेको बैठकले सार्वजनिक गरेको निर्वाचन कार्यक्रममा यसको बारेमा उल्लेख गरिएको छ ।

स्थानीय तहमा उम्मेदवारी दिनेको संख्या धेरै हुने भएकाले भीडव्यवस्थित गर्नका लागि आयोगले दुई दिनको समय तोकेको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार १२ गते उम्मेदवारहरुको नामावलीको सूचि प्रकाशित हुनेछ भने १३ गते दावी विरोधको समय निर्धारण गरिएको छ । १४ र १५ गते त्यो दावीविरोध उपर निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ गर्नेछ भने १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।
१७ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

निर्वाचन आचार संहिता अनुसार उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीहरुले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था छ । औपचारिक रुपमा निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवारले ११ दिनको समय पाउने छन् । २७ गते मध्य रातिबाट मौन अवधि लागू हुने आयोगले निर्वाचन कार्यक्रममा उल्लेख गरेको छ ।

स्थानीय तहको निर्वाचन कार्यक्रम

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार