26.1 C
Kathmandu

घरमै नगद लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना: अर्थमन्त्री

काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण मुलुकभित्र तरलता अभाव सिर्जना भएको बताएका छन् । शुक्रबार नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री शर्माले ओछ्यानमुनि वा सिरानमुनि पैसा राख्ने प्रवृत्ति बढेको भन्दै यसले तरलताको अभाव सृजना गराएको बताएका हुन् ।

मन्त्री शर्माले बजारबाट पैसा हराइरहेको तर्फ इंकित गर्दै कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द रहेको छैन भन्ने कुराको खोजीमा लागेको बताए । उनले भने, ‘हाम्रो पुँजी निष्क्रिय भएर कतै बसिरहेको त छैन रु यतातिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’

कार्यक्रममा बोल्दै मन्त्री शर्माले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेकाले यसलाई रोक्न आफूले संयन्त्र विकास गरिसकेको जानकारी दिए । उनले भने ‘नयाँ विकास भएका विभिन्न प्रविधिहरुको दुरुपयोग गरेर क्यापिटल फ्लाई हुने प्रकृया देखा परेको छ । त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन् ।’

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार