24.1 C
Kathmandu

फिल्म ‘आरआरआर’ प्रदर्शन गर्न हलका पर्दा अगाडी काँडेतार

काठमाडौँ / फिल्म ‘आरआरआर’ प्रदर्शनलाई ध्यानमा राख्दै भारतका सिनेमाघरहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको बहुप्रतीक्षित यो फिल्म आगामी शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

दर्शकको भीड अराजक हुन सक्ने आकलन गर्दै सिनेमा हलको पर्दा जोगाउन काँडेतार लगाइएको छ । आन्ध्र प्रदेशकै अर्को एक सिनेमाघरमा पर्दा अगाडि काठका बारहरू लगाइएको छ । त्यसैगरी आन्ध्र प्रदेश श्रीकालाकुलमको सूर्या थिएटरमा पर्दा अगाडि काँडेतार लगाइएको छ । कतिपय हलमा भने पर्दाअगाडि प्लाईबोर्डमा किला ठोकेर राखिएको छ ।

कोरोना महामारी घटेपछि मात्रै प्रदर्शन थाल्ने तयारी रहेको यो फिल्ममा साउथ स्टार रामचरण तेजा र जुनियर एनटीआरसँग बलिउडका आलिया भट्ट र अजय देवगनले अभिनय गरेका छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार