23.1 C
Kathmandu

नव-वर्ष २०८१ लाई आग्रहसहित स्वागत

वासन्ती पालुवा भर्दै नववर्ष उपस्थित ,
कुशासन हटोस् पूरा राज्य रहोस् व्यवस्थित।१
अत्याचारी दुराचारी होऊन् विनष्ट ती सब ,
काँडा फूल बनून् राम्रा भ्रष्ट साधु बनून् अब ।२
आलोकित बनोस् राष्ट्र सुख समृद्धि फैलियोस्
देशको दर्द दारिद्र्य दूर होस् अब सुध्रियोस् ।३
हटून् विगतका दु:ख आगतको छ स्वागत ,
नववर्ष बनोस् स्वच्छ वृद्धि होस् लोक इज्जत ।४
एकासी साल होस् राम्रो राज्य-बाग फुलोस् फलोस् ,
सुख शान्ति र समृद्धि हराभरा सदा रहोस् ।५
(अनुष्टुप् छन्दमा)

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार