26.1 C
Kathmandu

सुरेन्द्र ढकाल प्रतिष्ठानको तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

काठमाडौँ । सुरेन्द्र ढकाल प्रतिष्ठानको तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठक तथा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको मध्ये बानेश्वर स्थित धन्यवाद पार्टी प्यालेसमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रतिष्ठानका संस्थापक सुरेन्द्र ढकालले यस आर्थिक वर्षको ९ महिनामा प्रतिष्ठानले गरेको प्रगतिको प्रतिवेदन पेश गर्नु भएको थियो ।

 प्रतिष्ठानका मानार्थ सदस्य प्रभात राज पाण्डे र शंकर प्रसाद ढकालले आफूहरूले प्रतिष्ठानको सदस्यता लिनुको कारण र उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । मानार्थ सदस्य प्रभातराज पाण्डेले सुरेन्द्र ढकाल जस्तो ख्याति प्राप्त त्यागी, तपस्वी एवम् विद्धान व्यक्तिहरूका कारण प्रतिष्ठानमा लागेको उल्लेख गर्नु भएको थियो । 

उक्त अवसरमा नेपाल पूजा प्रतिष्ठान, कवीर आश्रम र अलकापुरी पुनर्स्थापना केन्द्रलाई प्रतिष्ठानसँगको आवद्दताको प्रमाणपत्र प्रदान गरिएको थियो भने नेपाल पूजा प्रतिष्ठानको रक्तदान कोषलाई १ लाखको सहयोग रकम हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा आवद्द संस्थाहरूको तर्फबाट टंकबहादुर श्रेष्ठ, शंकर (वावा) प्रसाद पौडेल, शशि विक्रम राणा, र्शंकर पौडेल, इन्द्र राई र मनोज खनाल  तथा समारोहमा उपस्थित विशिष्ट ब्यक्तिहरूको प्रतिनिधित्व गर्दै राष्ट्रिय अभियन्ताहरू रोमलाल गिरी, इश्वरी भट्टराई, रामकृष्ण थापा, गोविन्द गिरीले आआफ्ना संस्था तथा अभियानका तर्फबाट  नव वर्ष २०८१ को शुभकामना सहित छोटो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार