29.1 C
Kathmandu

टोखामा प्रथम द राइजिङ सन युवा  फुटसल कप हुने 

काठमाडौं । टोखा नगरपालिकाको द राइजिङ सन युवा क्लबको आयोजनामा प्रथम द राइजिङ सन युबा  फुटसल कप हुने भएको छ । ग्राण्डी फुटसलमा आगामी चैत्र १७ गतेका दिन यो प्रतियोगिताको आयोजना गरिने भएको हो ।

प्रतियोगितामा सहभागिताका लागि चैत्र १२ गतेसम्म टिम दर्ता पनि खुला गरिएको आयोजकले जानकारी दिएका छन । टिम दर्ताका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।


प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो टिमलाई ट्रफी र प्रमाण पत्र साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार