26.1 C
Kathmandu

बाँसबासरी प्रकरणमा विनोद चौधरीमाथि छानबिन गर्न र सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा उद्योगपति तथा नेपाली कांग्रेस सांसद विनोद चौधरीमाथि छानबिन गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।

आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरकी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख श्याम ज्ञवालीलाई उक्त प्रकरणमा चौधरीमाथि छानबिनका लागि उनले निर्देशन दिएका हुन । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) उक्त प्रकरणमा चौधरीको बयान लिने तयारी गरेको छ ।

यसैवीच उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारका नाममा ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका छन् ।

त्यसैगरी सुन तस्करी काण्डमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई समेत कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई निर्देशन दिएका छन् ।

आतबार गृहमन्त्री लामिछानेले आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सिफारिस गरे अनुसारको कारबाहीको प्रक्रिया अगाडी बढाउन गृहमन्त्री लामिछानेले निर्देशन दिइएको बताइएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार