26.1 C
Kathmandu

सुरेन्द्र ढकाल प्रतिष्ठानबाटअनाथालयलाई १ लाख २० हजार आर्थिक सहयोग 

काठमाडौं । सुरेन्द्र ढकाल प्रतिष्ठानले चिल्ड्रेन अफ द स्ट्रिटद्धारा किर्तिपुरमा सञ्चालित बालिका अनाथालयलाई १ लाख २० हजार बराबरको आर्थिक सहयोग गरेको छ । शनिबार एक कार्यक्रमकाबीच प्रतिष्ठानका संस्थापक सुरेन्द्र ढकालले अनाथालयका अध्यक्ष हरि प्रसाद शर्मालाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । 

प्रतिष्ठानबाट प्राप्त उक्त सहयोगबाट अनाथालयको नवनिर्मित भवनको लागि आवश्यक गलैँचा, पर्दा तथा खेलकुद सामाग्रीहरूको व्यवस्था गरिने अनाथालयका अध्यक्ष शर्माले बताउनु भयो । उक्त अनाथालयमा मुलुकका विभिन्न जिल्लाबाट ल्याइएका ७ वर्ष देखि १६ वर्ष सम्मका ३१ जना टुहुरा बालिकाहरूले आश्रय र शिक्षा पाइरहेका छन् । 

सहयोग रकम हस्तान्तरण गर्दै प्रतिष्ठानका संस्थापक सुरेन्द्र ढकालले टुहुरा बालिकाहरूका लागि अनाथालयले अभिभावकत्व दिएकोमा खुसी व्यक्त गर्दै यो सत्कार्यमा प्रतिष्ठानले समेत सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार