23.1 C
Kathmandu

मेन्टलम्याथ सँगसँगै बालबालिकाको समग्र क्षमता अभिवृद्धिका लागि ‘अवाकस’ !

काठमाडौं । पछिल्लो समय बालबालिकाहरू मोबाइल फोन तथा विभिन्न सामाजिक सञ्जालहरूमा बरालिरहदाँ उनिहरूका विभिन्न क्रियटिभ गतिविधिहरूलाई मद्दत गर्न  एलरोज एजुकेशनले ‘अवाकस‘ कोर्षलाई अगाडि ल्याएको छ ।

विशेषगरी बालबालिकाहरूका लागि महत्त्वपूर्ण रहेको उक्त मेन्टलम्याथ अर्थात ‘अवाकस’ले बालबालिकाहरूमा गणितीय क्षमता अभिवृद्धिका लागि महत्त्वपूर्ण स्थान ओगटी रहेको छ ।
गणितीय हिसाबलाई सहज र सरल तरिकाबाट समाधान  गर्नका लागि अन्तराष्ट्रिय स्तरमा पछिल्लो समय उल्लेखनीय भुमिका खेलीरहेको अवाकसले नेपालमा पनि महत्त्वपूर्ण स्थान ओगट्दै आएको छ ।
विशेषगरी बालबालिकाहरूमा पछिल्लो समय झन्झटिलो बनिरहेको गणित अर्थात म्याथ विषयका विभिन्न हिसाबहरूलाई यसबाट सहजै गर्न र दिमागको क्षमता अभिवृद्धिका लागि यस्ले महत्त्वपूर्ण भुमिका खेल्ने गरेको यस्का जानकारहरूको भनाई रहेको छ ।
पछिल्लो समय अभिभावक तथा विद्यार्थीहरूमा गणितीय हिसाब होस या सानो हिसाबकै लागि पनि मोबाइल, क्याक्लुलेटर थिच्नु पर्ने  बाध्यतालाई अवाकसले पर सारेको छ ‍भने जस्को समाधान अवाकसले गर्दै आईरहेको छ ।
पछिल्लो समय नेपालमा पनि विभिन्न संघसंस्थाहरूले यसको पठनपाठन गराउदैँ आईरहेका छन् । त्यसैमध्यको एक शैक्षिक संस्था हो ‘एलरोज एजुकेशन’ । जसको स्थापना २०७६ सालमा भएको हो ।
जस्ले नेपालमा फरक किसिमका शैक्षिक विषयवस्तुहरू सँगसँगै अवाकसका विभिन्न कोषहरू पठनपाठन गराउदैँ आईरहेको छ । जस्मा अवाकस मेल्टल म्याथ, वैदिक म्याथम्याटिक्स, ह्यानड्राइटिङ, आर्ट एण्ड क्राफ्ट क्यासेस, ड्रान्स /जिम्याटिक, म्युजिकल क्यासेस, फोनिक्स, टिउसन क्यासेस लगायतका कक्षाहरू सञ्चालन हुदैँ आइरहेका छन् ।
के हो ‘अवाकस’ ?
गणितीय सुत्राधारमा आधारित गणितीय हिसाबहरूलाई सहज, सरल र छोटोमा समाधान गर्ने प्रक्रिया नै अवाकस हो । जसले दीमागलाई छरितो रूपमा प्रयोग गर्न मद्दत गर्दै अंकका आधारमा गरिने कठिन हिसाबहरूलाई पनि सहजै हल गर्न मद्दत पुर्याउने कोर्ष नै अवाकस हो ।
२०७६ सालबाट एलरोज एजुकेशनले शुरूवातमा ८/१० जनाबाट शुरूवात गरेको उक्त शिक्षालयमा हाल करिब प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा एकहजार बढि विद्यार्थीहरू पठनपाठन गराइरहेका छन् । विभिन्न ८ वटा तहहरूमा पठनपाठन गराउने अवाकस कोर्ष विशेषगरी ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरूका लागि उपयुक्त रहेको सञ्चालन लिरा पोख्रेलले जानकारी दिनुभयो । उक्त कोर्ष सम्पन्न गर्नका लागि करिव ३२ महिनाको समय लाग्ने पोख्रेलले जानकारी दिनुभयो ।  हरेक कोर्सका लागि ३/४ महिनाको समय लाग्ने उहाँले बताउनुभयो ।
प्रोख्रेलले अवाकसका लागि अत्यन्तै मिहिनेत, डेडिकेसन, फरकपन, आवश्यक रहेको समेत बताउदैँ उहाँले दीमागीय क्षमता अभिवृद्धिका लागि यो कोर्स महत्त्वपूर्ण हुने बताउनुभयो । दैनिक रूपमा होमवर्क तथा व्यक्तिगत अभिरुचिलाई आत्मसात गर्नसके अवाकसका कोर्षहरू त्यतिधेरै गार्‍हो नभएको उहाँले बताउनुभयो ।
हाल अनलाइन तथा फिजिकल दुवै रूपमा कक्षाहरू सञ्चालन गरिरहेको बताउदैँ उहाँले यस कोर्षलाई विषयगत रूपमा अगाडि बढाउन विभिन्न निकायसँग छलफल भईरहेको पनि जानकारी दिनुभयो ।
पछिल्लो समय विभिन्न प्राइभेट विद्यालयहरूले यस विषयलाई दैनिक कोर्सहरूमा समावेश गरिसकेको बताउदैँ उहाँले विभिन्न विद्यार्थी तथा अभिभावकहरूलाई कन्भिन्स गराउन अझै पनि केही अप्ठ्यारो भईरहेकाले विभिन्न भिडियो मार्फत जानकारी गराईरहेको उहाँले बताउनुभयो ।
उहाँले अवाकस कोर्स अहिले काठमाडौँ तथा बाहिरी विभिन्न विद्यालयहरूले अवलम्बन गर्दै पठनपाठन गराइरहेको बताउनुभयो । उहाँले ‘अवाकस’ विद्यार्थीहरूका लागि मेन्टल एक्ससाइज भएको पनि जानकारी दिनुभयो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार