29.1 C
Kathmandu

`गरिबीमा बुढ्यौली´

जन्म मृत्यु र वार्धक्य साझा जीवन-चक्र हुन् ,
धनी , गरिब वा माग्ने सबैले यी ब्यहोर्दछन् । १
बाल, वयस्कमा भन्दा वृद्धत्व कटिलो वय ,
हुनेखाने हुँदा खाने मिल्दैन जिउने लय ।२
गरिब वृद्धका निम्ति बुढ्यौली कालतुल्य छ ,
बालपन उसै बित्छ विद्या-बुद्धि अमूल्य छ ।३
गरिबी नै खिया बन्छ फलाम झैं गलाउँछ ,
खाद्य ओौषधको पूर्ति नभई मर्नु पर्दछ ।४
दारिद्र्यले दबाएको रुग्ण जीर्ण शरीर यो ,
सुक्खा पत्कर झैं हल्का धर्मराएर हिड्छ त्यो ।५
थर्थर काम्छ ठण्डीमा गल्ली-सडक बास छ
शरीर जीर्ण कन्थाले ढाक्ने मात्र प्रयास छ ।६
कोही खाएर तङ्ग्रिन्छन् भोकले कति मर्दछन् ,
व्यक्तिगत हुने मृत्यु रूप प्रकार भिन्न छन् ।७
नियतिको अँध्यारोमा हुन्छ गरिबी रोदन ,
दु:ख बुझ्ने छँदैछैनन् भोकमा छैन भोजन ।८
वृद्ध भत्ता अपर्याप्त दया दान छ दुर्दभ ,
हात-पाउ चलेसम्म भिक्षा ठान्दछ वैभव ।९
स्वार्थी विचार यो कस्तो मानवमा विभेद यो ,
सुक्खा पत्कर झैं हल्का धर्मराएर हिड्छ त्यो ।१०
*(अनुष्टुप् छन्दमा )

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार