26.1 C
Kathmandu

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले विहिबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

नेकपा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा सचिव रघुवीर महासेठ, कानून, न्याय तथा संसदीय मामिलामा पदम गिरी, रक्षामा हरि उप्रेती, महिला बालबालिकामा भगवती चौधरी, खानेपनी मन्त्रीमा राजेन्द्र राई, उद्योग मन्त्रीका रुपमा दामोदर भण्डारी, कृषि मन्त्रीमा ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारी मन्त्रीका रुपमा बलराम अधिकारीले शपथ लिएका छन् ।

त्यसैगरी माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत उर्जा, रेखा शर्मा सञ्चार र हितबहादुर तामाङले पर्यटन मन्त्रीका रुपमा शपथ लिएका छन् ।

रास्वाका तर्फबाट सभापति रवि लामिछानेले उप्रधानसहित गृहमन्त्री, शिक्षामन्त्रीमा सुमुना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ मन्त्रीका रुपमा सपथ लिएका छन् । भने नेकपा एसका तर्फबाट भानुभक्त जोशीले संघीय मामिला र धनबहादुर बुढाले शहरी विकासमन्त्रीको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरुले बिहिबारै आ आफनो मन्त्रालयको कार्यभार सम्हालेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार