26.1 C
Kathmandu

डोल्पो समाजको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । डोल्पाको माथिल्लो क्षेत्रका शे फोक्सुण्डो, छार्का ताङसोङ र डोल्पो बुद्ध डोल्पो गाउँपालिकाका साझा सेवा केन्द्रको रुपमा स्थापना भएको डोल्पो समाजको २३ औँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ । 

काठमाडौंको जोरपाटीमा अवस्थित डोल्पो समाजकै सभा हलमा डोल्पो समाजको निवर्तमान अध्यक्ष निमा सम्डुक गुरुङ (ङिमा रिन्पोछे) को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा काठमाडौँमा रहेका समाजका सबै सदस्यहरू सहित ३ पालिकाका जनप्रतिनिधिहरूको उपस्थित थियो । कार्यक्रममा माथिल्लो डोल्पाको सामुदायिक विकासका बारेमा विविध पक्षमा छलफल भएको बताइएको छ । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार