30.1 C
Kathmandu

शर्त राखेर बाँचेका मानिस कहिल्यै खुशी हुन सक्दैनन् 

जन्मिएर ‘आफू भएको’ महसूस हुनेबित्तिकै हरेक मानिसले जान-अनजानमा खोज्ने गन्तव्य नै सुख हो । आधिकांश मानिस आफू जन्मनुको सूक्ष्म कारण र उद्देश्यप्रति चासो राख्न खोज्दैनन्, तर जीवन अघि बढ्दा नबढ्दै सुखप्राप्तिको तीव्र चाहनाले हरेकलाई आफ्नो वशमा पारिसकेको हुन्छ । यो सबैको जानकारीको विषय हो कि सुखको सम्बन्ध र सरोकार छाला अर्थात् भौतिक देहसँग मात्र रहन्छ, मनले खोज्नेचाहिँ खुशी हो । खुशी खोज्न आफैतिर फर्कनुपर्ने हुन्छ भने सुखको खोजी बाहिरी संसारमा हुन्छ । त्यसैले खुशी र आनन्द खोज्ने मानिस एकान्तमा रमाउँछन् गुफा या वनजङ्गल तिनका निम्ति आनन्ददायक स्थल बनिरहेको हुन्छ भने आफ्नो परिवेश र सानो संसारमै खुशी रहने अभ्यास उनीहरूले गरिरहेका हुन्छन् । तर सुख खोज्ने मानिस बाहिर आँखा डुलाउँछन्, भड्किरहेका हुन्छन्, उनीहरूमा एकान्त या शान्त स्थलप्रति कुनै आकर्षण रहँदैन । आफू बाँच्नुको अर्थ खोज्नेतिर तिनको ध्यान कहिल्यै जाने गर्दैन, बरु मज्जाले बाँच्ने, बाच्नका निम्ति बाँच्ने र, बाँच्दा बाँच्दै मर्ने नियतिबाट गुज्रिरहेका तिनीहरू सुखको खोजीमा यत्रतत्र चाहारिरहेका हुन्छन् । खुशी या आनन्द खोज्ने मानिस स्थिर भावका र सुख: लक्षित मानिस अस्थिर चित्तका हुन्छन् । सुख बाहिरबाट प्राप्त हुने भएकोले बाहिरै खोजिन्छ र, खुशी या आनन्द अन्तरमनमा मिल्ने हुनाले यसको खोजी मनमै गरिन्छ ।

यो समयमा नेपाल अनेकौँ पीडाबाट गुज्रिरहेको छ र, त्यस्ता पीडामध्ये एक युवाशक्तिको घोर पलायन हो । हाम्रो शिक्षा व्यवस्थाले बालबालिकाहरूलाई खुशी रहन प्रेरित गर्दैन, सुखको खोजीमा लाग्ने प्रेरणा हाल अवलम्बन गरिएको हाम्रो शिक्षा नीतिले दिइरहेको छ । यो शिक्षा नीतिले आफ्नो मौलिक सभ्यता र इतिहासप्रति गौरव गर्न सिकाउँदैन, देशप्रेम जगाउँदैन, अनुशासन र नैतिकताको पाठ पढाउँदैन, धर्म र पापको अन्तर बुझाउँदैन, सिकाउँछ त केवल सुख: लक्षित सूत्र ! ज्ञानका निम्ति नभएर ज्यानका निम्ति दिइने शिक्षाले आम युवाको मन भड्काएको छ ! त्यसैले जहाँ सुख मिल्छ त्यही देश आफ्नो, जोसँग स्वार्थ मिल्छ त्यही साथी आफ्नो भन्ने तहको शिक्षा पाएर हुर्किएका बालबालिकाहरू मातृभूमि र मातापिताबाट टाढा भएपछि मात्र सुख मिल्ने विश्वासका साथ बाह्र कक्षा उत्तीर्ण गर्ने बित्तिकै सुखको खोजीमा हुइँकिन्छन् !

सृष्टिको सामान्य नियम नै गतिशीलता हो र, हरेक वस्तु र प्राणी गतिशील अर्थात् परिवर्तनशील छन् । तर आनन्दचाहिँ स्थिरतामा प्राप्त हुन्छ । प्राणीको स्वभाव आफ्नो अनुकुलताको खोजीमा हरदम सचेत रहने प्रकारको हुन्छ । मानिस मात्र होइन हरेक जीवजन्तु र वनस्पति समेत अनुकुलताको प्यासी रहन्छन् । संसारमा मानिसको बसाइँसराइ पनि अनुकुलताको खोजीकै क्रममा भएको हो । सिङ्गो पृथ्वी नै साझा घर हो भन्ने दार्शनिक अर्थमा बुझियो भने हाम्रा पुर्खा कतैबाट यहाँ आएर बसोबास गर्नु र भावी पुस्ताले अन्यत्र कतै आफ्नो भविष्य देख्नुलाई स्वभाविक मान्नुपर्ने हुन्छ । तर विवेक र बुद्धिमा अब्बल मानिने मानिसले संसारलाई व्यवस्थित गर्ने क्रममा राज्य र देशको अवधारणा कार्यान्वयनमा ल्याएका हुन् । यसक्रममा हामीले आआफ्नै सभ्यता, संस्कृति, भाषा, इतिहास, धर्म र राज्यको विकास गरेका हौँ । यसले मानव समाजको विविध विशिष्टता झल्काएको छ र, देशहरूको सृष्टि पनि यस्तै आधारमा भएको विश्वास गरिन्छ । यो ब्रह्माण्ड (जगत्) पदार्थको परिणाम हो या चेतनाको सृष्टि भन्ने प्रश्नको जवाफ मानव सभ्यताले अनादिकालदेखि खोजेको खोज्यै छ । चेतना र पदार्थ दुवैको स्वतन्त्र अस्तित्व छ कि छैन भन्ने प्रश्नमा सारा दुनियाँ जिज्ञासु रहेका बेला नेपालमा चेतनतत्वको स्वतन्त्र अस्तित्वलाई अस्वीकार गर्नेहरूको शासनसत्ता कायम भएको छ ।

सृष्टिको नियममै मात्र सीमित रहेको भए हामीले बेग्लै देश, संविधान, कानून र राज्यहरूको परिकल्पना गर्नुनपर्ने हुन सक्थ्यो । जब बेग्लाबेग्लै देशहरूको अभ्यास गरेर मानवसमाजलाई अघि बढाउने प्रयास विश्वमा भइरहेको छ भने हामीले मात्र देश मेट्ने या छोड्ने अभियानलाई प्रोत्साहन गर्नु कदापि जायज हुन सक्दैन । सबैले आआफ्ना श्रोत र साधन प्रयोग गरी देशलाई सुरक्षित र समृद्ध तुल्याउने प्रयास गरिरहेका छन् भने हामीले मात्र देशलाई दुःखमा छोडेर पेटको सुखमा अलमलिनु उचित मान्न सकिँदैन । चमेरोको बिष्टाका निम्ति लड्नुपर्ने अवस्थाको मुलुक अमेरिका पनि अभाव र समस्यासँग लडेर समृद्ध बनेको हो । चीन, जापान र कोरियाको इतिहास पढ्दा उनीहरूले पनि धेरै लामो मेहनतपश्चात् आजको समृद्धि हासिल गरेको बुझिन्छ । पिउने पानीका निम्ति तड्पिनुपर्ने सिंगापुरले पनि कठिन सङ्घर्षबाट नै आजको समृद्धि प्राप्त गरेको हो । दूरदर्शी, इमान्दार र देशभक्त राजनीतिक नेतृत्व प्राप्त हुँदा देश बन्न धेरै समय लाग्दोरहेनछ भन्ने दृष्टान्त देङ सियाओ पिङ, महाथीर मोहम्मद, पार्क चुङ ही र ली क्वान यु जस्ता नेताहरूले स्थापित गरेका छन् ।

दक्षिण कोरियाका पार्कले गरिबी र अभावले कठ्याङ्ग्रिएको आफ्नो मुलुक प्राकृतिक श्रोतमा पनि गरीब भएको पाएपछि औद्योगिक उत्पादन र ब्यापारबाट मात्र कोरिया समृद्ध बन्नसक्ने निष्कर्ष निकाले र, तदनुरूप राज्यको नीति निर्धारण गरे । लगानीका निम्ति पूँजी अभाव भएपछि उनले हजारौं युवालाई वैदेशिक रोजगारीमा विदेश ९जर्मनी० पठाएका थिए । तर पाँच वर्ष नबित्दै सम्पूर्ण युवालाई फिर्ता ल्याएर स्वदेशमै रोजगारी उपलब्ध गराउने हैसियतमा पार्कले कोरियालाई पुऱ्याएका थिए । ट्रेड युनियानिज्मलाई समाप्त गरी लगानीमैत्री वातावरण बनाएर रातारात देश बनाउने कार्य उनीबाट भएको थियो । पार्क देश केन्द्रीत थिए, जसरी भएपनि देश बनाइनुपर्छ भन्ने हुटहुटी उनमा थियो । त्यस्तै भावना र प्रतिबद्धता देङ, महाथीर र ली क्वान युमा पनि भएकोले तिनले आआफ्ना देश बनाए । तर हामीकहाँ देश निर्माणको यात्रा नै सुरु भएको छैन, हामी देश नबनेकोमा चिन्ता प्रकट गर्दछौँ । देश बन्नुअघि देश बनाउने यात्रा सुरु हुनुपर्छ, जुन यात्रा नेपालमा अहिलेसम्म सुरु भएकै छैन ।

राजनीतिकर्मीहरू सत्ताप्राप्तिका निम्ति राजनीति गर्छन्, कर्मचारीहरू कमाईका निम्ति काम गर्छन् र, व्यापारीहरू पूँजी पलायनका निम्ति आर्जन गर्छन्, अनि हामी देश नबनेको भनेर चिन्ता गर्छौं र, देश छोड्न खुट्टा उचालेर बस्छौँ । पछिल्लो आँकडाअनुसार एक वर्षमा करिव साढे तीन लाख नेपाली कहिल्यै नफर्किने गरी देशबाट पलायन भएका छन् र, यो क्रम आगामी वर्षहरूमा थप बढ्ने देखिन्छ । किन यसरी नेपाली जनमा देश छोड्ने लहर चलेको हुनसक्छ भन्ने प्रश्नको जवाफ खोज्दा यहाँ केही तथ्य फेला पर्छन् । हाम्रो शिक्षा व्यवस्थाले बालबालिकाहरूलाई खुशी रहन प्रेरित गर्दैन, सुखको खोजीमा लाग्ने प्रेरणा हाल अवलम्बन गरिएको हाम्रो शिक्षा नीतिले दिइरहेको छ । यो शिक्षा नीतिले आफ्नो मौलिक सभ्यता र इतिहासप्रति गौरव गर्न सिकाउँदैन, देशप्रेम जगाउँदैन, अनुशासन र नैतिकताको पाठ पढाउँदैन, धर्म र पापको अन्तर बुझाउँदैन, सिकाउँछ त केवल सुख: लक्षित सूत्र ! ज्ञानका निम्ति नभएर ज्यानका निम्ति दिइने शिक्षाले आम युवाको मन भड्काएको छ !

नेपालका राजनीतिकर्मी र कर्मचारीको कार्यशैली, सोच र व्यवहार देशप्रति आकर्षण पैदा गर्ने प्रकारको नभएको महसूस गरिन्छ । जो भान्सामा छ उसले मात्र खाने र खान पाउने अवस्था ब्यवस्था भएको मुलुकमा जनताले असुरक्षित महसूस गर्नु स्वभाविक हुन्छ । राजनीतिकर्मीहरूको चिन्ता केवल सत्ताका विषयमा रहने गर्दछ । उनीहरू सत्ता प्राप्त गर्ने र प्राप्त सत्ता टिकाउने बाहेक अन्य कुनै कुराको चिन्ता गर्छन् भने त्यो चुनावमा विजयी बन्ने र बनिरहने विषयमा केन्द्रित छ । कर्मचारीहरू कमाई बाहेक अन्य कुनै कुराको चिन्ता गर्छन् भने त्यो केवल कमाई र आफ्नै परिवारको सुखको मात्र हो । हरेक दिन जनसाधारणले कर्मचारीसँग ठोक्किनुपर्ने हुन्छ, जसको प्रशासनिक काम पर्छ उसले बेलुका घर फर्किनुअघि नै ‘यो देशमा बस्न नसकिने’ निष्कर्ष निकालिसकेको हुन्छ ।

नेपालको शिक्षा नीति र यसको अन्तरवस्तु मानिसलाई ज्ञानवान्, देशप्रेमी, समाजसेवी, नैतिकवान्, स्व संस्कृति र धर्म प्रेमी बनाउने प्रकारको छैन । पश्चिमा पकड मजबुत बनाइएको शिक्षाले हरेकलाई आत्म केन्द्रित र भौतिक सुखको प्यासी बनाइदिएको छ । जसका कारण जन्मभूमि र मातापितालाई सजिलै छोडेर जानसक्ने मानसिक तयारीमा हरेक नेपाली रहेका हुन्छन् । चुनाव प्रचारका क्रममा दुईथरी मानिसको सामना उम्मेदवार र प्रचारकहरूले गरिरहेका हुन्छन् । एकथरी मत दिनका निम्ति आफ्नो लागि माग्छन् र, अर्काथरी मत दिनका लागि सामूहिक हितका शर्त राख्छन् । आफ्नालागि माग्नेहरू कथित शिक्षितहरू हुन्छन् भने सामाजिक हितको निम्ति माग राख्नेहरू अशिक्षित या कम शिक्षित हुन्छन् । पढेलेखेकाहरू समृद्ध मुलुक ताक्छन् र, एकपटक गएपछि फर्कन खोज्दैनन् । अशिक्षित या कम शिक्षितहरू अन्य मुलुकमा श्रम गर्न जान्छन् र राहत मिल्ने कमाइ भएपछि देश फर्कन हतार गरिरहेका हुन्छन् । यस्ता सन्दर्भहरूले नेपालको शिक्षामा कैफियत रहेको पुष्टि गर्दछ ।

नेपाललाई पूर्ण रूपले भौतिकवादी चेतमा ढाल्ने प्रयास विगत केही दशकयता हुँदै आएको छ । मुलुकमा बामपन्थवादले बढावा पाउनुको कारण नीतिनिर्माण तहमा भौतिकवादीहरूको पकड र प्रकोप बढ्नुलाई मान्न सकिन्छ । आत्मविज्ञानलाई विज्ञान नमान्ने, शरीर विज्ञानलाई मात्र सत्य मान्ने सोच-व्यवहारले आम मानिसलाई देहसुखमा रमाउने बनाइदिएको छ । यो ब्रह्माण्ड (जगत्) पदार्थको परिणाम हो या चेतनाको सृष्टि भन्ने प्रश्नको जवाफ मानव सभ्यताले अनादिकालदेखि खोजेको खोज्यै छ । चेतना र पदार्थ दुवैको स्वतन्त्र अस्तित्व छ कि छैन भन्ने प्रश्नमा सारा दुनियाँ जिज्ञासु रहेका बेला नेपालमा चेतनतत्वको स्वतन्त्र अस्तित्वलाई अस्वीकार गर्नेहरूको शासनसत्ता कायम भएको छ । पश्चिमी दर्शन भौतिकतामा केन्द्रित रहँदै आएको छ भने पूर्वीय दर्शन सृष्टि, जगत् र जीवनको सत्ता-रहस्य पत्ता लगाउने उद्देश्यबाट प्रेरित छ । चार्वाकबाहेक आधिकांश पूर्वीय दर्शनले आत्माको अस्तित्वलाई कुनै न कुनै रूपले स्वीकार गरेका छन् । त्यसैले हाम्रो सभ्यताले देहसुखलाई भन्दा आत्मिक खुशी या आनन्दलाई महत्व दिने गरेको छ । केवल बाँच्न पुग्ने वस्तु भोग गर्ने र बाँकी भावी पुस्ताका निम्ति छोडिदिने संस्कृतिको विकास सनातनी सभ्यतामा भयो ।

पार्क देश केन्द्रीत थिए, जसरी भएपनि देश बनाइनुपर्छ भन्ने हुटहुटी उनमा थियो । त्यस्तै भावना र प्रतिबद्धता देङ, महाथीर र ली क्वान युमा पनि भएकोले तिनले आआफ्ना देश बनाए । तर हामीकहाँ देश निर्माणको यात्रा नै सुरु भएको छैन, हामी देश नबनेकोमा चिन्ता प्रकट गर्दछौँ । देश बन्नुअघि देश बनाउने यात्रा सुरु हुनुपर्छ, जुन यात्रा नेपालमा अहिलेसम्म सुरु भएकै छैन । भौतिकवादीहरू अर्को जन्म र आत्माको अस्तित्वमा विश्वास गर्दैनन्, त्यसैले यही एउटा जुनीमा सबै भोग गर्न उनीहरू उद्धत रहन्छन् । उनीहरू शरीरमार्फत प्राप्त हुने सुखानुभूतिलाई मात्र महत्व दिन्छन् । त्यसैले जहाँ सुख मिल्छ त्यही आफ्नो देश र जोसँग आफ्नो स्वार्थ मिल्छ त्यहीसँग जीवनयापन गर्ने सोचको विकास उनीहरूमा भएको हुन्छ । आत्माको आनन्द र शरीरको सुख:बीचको भेद छुट्ट्याउन नसक्ने मानिसमा दुवै एउटै भएको भ्रम हुन्छ । आत्मिक आनन्दमा रमाउन भन्दा दैहीक सुख खोज्न सजिलो हुने भएकोले पनि साधारण मानिस सुखको खोजीमा भौँतारिइरहेका हुन्छन् । यस्ता मानिस ‘यहाँ नभए त्यहाँ’ सुख मिल्नसक्छ भन्ने आशामा ठाउँ फेरिरहन्छन्, नयाँनयाँ ठाउँ खोजिरहन्छन् १ किनकि, खुशी आफैभित्र खोजिन्छ र भेटिन्छ भन्ने ज्ञान यस्ता मानिसमा हुँदैन, त्यसैले सुखका निम्ति बाहिर डुलिरहेका हुन्छन् । भौतिकवादलाई मात्र सही मान्नेहरूको हातबाट मुक्त नगरेसम्म मुलुक यस्तै अवस्थाबाट गुज्रिरहने र, मुलुक यस्तै रहेसम्म नेपालबाट मानिसको पलायन नरोकिने निश्चित छ ।

अन्त्यमा, जीवनमा आत्मिक र शारीरिक सुखका आधारहरू भिन्न भएपनि सामान्यतया शर्त रहित जीवन नै मानिसको खुशीको आधार बन्नसक्छ । मैले यस्तै लगाउनुपर्छ, यस्तै खानुपर्छ, यस्तै गाडी चढ्नुपर्छ, यस्तै घरमा बस्नुपर्छ, यस्तै पद पाउनुपर्छ, यस्ता मानिसको मात्र सङ्गत गर्नुपर्छ भन्ने जस्ता शर्त राखेर बाँचेका मानिस कहिल्यै खुशी हुन सक्दैनन् । जसरी खाना खाएपछि सुर्ती खाने शर्त (बानी) भएका मानिस चौरासी व्यञ्जन भोजन गर्न पाएपनि सुर्ती खान नपाएको अवस्थामा अति दुःखी बनेका हुन्छन्, त्यसरी नै शर्त राखेर आफूले आफैलाई बाँधेका मानिसमा कदाचित सुख मिलेपनि खुशी मिल्न कठिन हुन्छ । हाम्रो आफ्नो हातमा भएको इमान्दार प्रयास मात्र हो जुन हामी निरन्तर गरिरहन सक्छौँ । आफैभित्र खुशी खोज्ने शिक्षा र संस्कारको विकास गर्न सकियो भने देशको वर्तमान अवस्थामा पनि सकारात्मक परिवर्तन आउनेछ र, मुलुकबाट स्वदेशीहरूको पलायन हुने रफ्तारमा कमी आउने आशा गर्न सकिन्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार