23.1 C
Kathmandu

स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बन्योः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनेको बताएका छन् । शनिबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले अयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भुमिकाु विषयक अन्तर्क्रियामा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन ।

सभामुख घिमिरेले राजनीतिक दल र जनपतिनिधिहरुको चेतनाको अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बन्न पुगेको भन्दै राजनीतिक दल र जनप्रतिनिधिहरुले ध्यान दिन सके यस्ता भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने बताए । उनले भने, स्वास्थ्य बीमालाई ठिक ढंगले प्रयोग गर्ने बारेमा जनप्रतिनिधि र राजनीतिक संघ, संस्थाहरुकै चेतना छैन । सरकारले यो कसरी लागू गरिरहेको छ र यो भित्र भ्रष्टाचार कसरी रोक्न सकिन्छ भनेर सोचेको छैन । बीमा कार्यक्रमले नागरिकलाई राहत दिने उद्देश्य भएपनि त्यसको दुरुपयोग गर्ने र अनियमितता गर्ने कामहरु भइरहेको छ । यसप्रति सरकारी संयन्त्र सचेत हुनु पर्छ।

सभामुख घिमिरेले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल र जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार