29.1 C
Kathmandu

मिटरब्याज पीडितको लागि गर्नसक्ने सबै काम सरकारले गरिरहेको छः उपप्रधानमन्त्री श्रेष्ठ

राजविराज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडतको लागि गर्नसक्ने सबै काम सरकारले गरिरहेको बताएका छन् । सप्तरीको खड्ग नगरपालिकामा शनिबार प्रस्तावित खड्ग बहुमुखी क्याम्पसको भवन उद्घाटन र भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो कुरा बताएका हुन ।

मिटरब्याजी समस्या सामन्तवादको निकृष्ट शोषणको रुप भएको बताउँदै गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितका लागि गर्नसक्ने सबै काम सरकारले गरिरहेको र यस विषयमा कसैले भ्रमात्मक प्रचार गर्न नहुने बताए ।

गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितहरूलाई न्याय दिने प्रक्रिया जारी रहेको बताउँदै भने, मिटरब्याज पीडितलाई न्याय दिन आयोग गठन गर्‍यौं, कानुन ल्यायौं, प्रमुख जिल्ला अधिकारीको कार्यालयमा सहजीकरण समिति बनायौं । आयोगलाई २६ हजार उजुरी प्राप्त भएकोमा साढे पाँच हजार पीडितहरूलाई स्वेच्छिक मेलमिलापको तरिकाबाट न्याय दिइसकिएको छ । उनले अगाडी भने पाँचहजार वा ५० हजार ऋण दिने र ५० लाखको तमसुक गराएर घरजग्गा सबै रजिष्ट्रेसन पास गराएर लिने जस्ता अन्यायपूर्ण परिघटनाहरू देखापरेका थिए । घरबार बिहीन सबैलाई अहिले न्याय दिने प्रक्रिया चलाएका छौं ।

गृहमन्त्री श्रेष्ठका अनुसार हाल ७७ वटै जिल्ला प्रहरीमा मन्त्रिपरिषबाट निर्णय गरी पठाइसकिएको छ । ऋणदताले साच्चै ऋण दिएको छ भने त्यो ऋण फिर्ता गर्नुपर्दैन भन्ने सरकारको दृष्टीकोण नरहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । ऋण तिर्नुपर्दैन भन्ने सरकारको दृष्टिकोण छैन, ऋण पनि तिर्नुपर्छ तर न्यायोचित ढंगले १० प्रतिशतको दरले ब्याज बुझाउने गरी तिरेको छैन भने तिराउने काम पनि सरकारको हो, उनले भने ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार