23.1 C
Kathmandu

त्रिविको २०औँ उपकुलपतिमा केशरजंग बराल नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति कार्यालयले त्रिविको २०औँ उपकुलपतिमा बराललाई नियुक्त गरेको हो ।

पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका बराल व्यवस्थापन संकायका प्राध्यापक हुन् । बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए । उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधी गरेका हुन । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा बराललाई नियुक्ति गरिएको बताइएको छ ।

उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शिक्षामन्त्री अशोककुमार राई अध्यक्ष रहेको छनोट समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार