23.1 C
Kathmandu

चालु आवको सात महिनामा निर्यात ७ प्रतिशतले घट्यो

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा निर्यात ७ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँमा वस्तु निर्यात भएको थियो ।

विभागका अनुसार सात महिनामा सबैभन्दा बढी कार्पेट र अलैंची निर्यात भएको छ । साउनदेखि माघसम्म ६ अर्ब ७ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ । अलैंची ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

त्यसैगरी विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा आयात २.३१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको वस्तु आयात भएको छ ।

चालु आ.व.को सात महिनाको अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अवधिमा सबैभन्दा बढी ७७ अर्ब ४१ करोड ९८ लाख रुपैयाँ बराबरको डिजेल आयात भएको छ भने पेट्रोल ३८ अर्ब ८२ करोड ६३ लाख रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार