29.1 C
Kathmandu

धरानमा विमानस्थल बनाउन उपयुक्त छैनः प्राधिकरण

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको जनाएको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले यस्तो जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेको उल्लेख गर्दै धरानमा विमानस्थल बनाउ यो नीतिले नदिने स्पष्ट पारेको हो । यसका साथै, आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले धरानमा विमानस्थल सम्भव नरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको तथा विभिन्न प्राविधिक र सञ्चालनमा आउने कठिनाइले विमानस्थल आवश्यक नरहेको निष्कर्ष निकालेको छ ।

धरानमा विमानस्थल बनाउन माग गर्दै धरान उपमहानगरपालिका मेयर हर्क साङ्पाङले सरकारी निकायमा दबाव दिएका थिए । मेयर साङ्पाङको लविङपछि सरकारले समिति बनाएर यहाँ विमानस्थल आवश्यक रहे–नरहेको बारे अध्ययन थालेको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार