29.1 C
Kathmandu

केएमसीमा विश्वकै सानो दुर्लभ कलेजोको क्यान्सरको सफल उपचार

काठमाडौं । एमआरआईसिटि स्क्यानको फ्युजनबाट काठमाडौं मेडिकल कलेजमा विश्वमै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौं कपन बस्ने ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सर नष्ट गरिएको हो । केएमसीले बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरेको हो ।

एक सेन्टिमेटर भन्दा सानो क्यान्सर पत्ता लगाएर बिना चिरफार सफलतापूर्वक नष्ट गरिएको यो केस विश्वकै दुर्लभ रहेको उपचारमा संलग्न केएमसीका इन्टरभेसन रेडियोलोजी विशेषज्ञ डा. पंकज काफ्लेले दावी गरे । ‘रगतको जाँच गर्दा क्यान्सर होकि भन्ने शंका लाग्यो, त्यसपछि एमआरआई गरेर हेर्दा कलेजोमा १० मिलिमिटर भन्दापनि सानो क्यान्सर देखियो ।’ अत्याधिक मादकपदार्थ सेवनले कलेजो पनि बिग्रिएकोले रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिद्वारा क्यान्सर नष्ट गरिएको भन्दै डा। काफ्लेले भने ।

बिरामीलाई हेपाटाइटिस पोजेटिभ समेत भएकाले उपचार गर्न समेत जोखिम देखिएपनि केएमसीका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल र डा। काफ्ले मिलेर क्यान्सर नस्ट गरेका हुन् । विश्वमै दुर्लभ यो केस नेपालका लागि पहिलो दुर्लभ केस रहेको जिकिर गरे । ‘१० मिलिमिटर भन्दा साना क्यान्सरको उपचार विश्वमै दुर्लभ मानिन्छ । नेपालको सन्दर्भमा त यो पहिलो दुर्लभ केस हो ।’ डा। काफ्लेले भने ।

अहिले बिरामीको अवस्था राम्रो रहेको छ । रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट बिना चिरफार क्यान्सर नष्ट गरिएकाले बिरामी आज भोली नै डिस्चार्ज भएर घर जान सक्छन् । यस प्रविधिबाट उपचार गर्दा बिना चिरफार, कडा औषधी, रेडियोथेरापी प्रयोग नगरीकन सहजरूपमा एकैछिनमा ट्युमरलाई नष्ट गर्न सकिन्छ ।

रेडियो फ्रिक्वेन्सी एब्लेसन राजधानीका केही अस्पतालहरूमा रहेपनि अन्यत्रभन्दा केएमसीमा कम शुल्क लिएर उपचार गर्ने गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । ‘हामीले सरकारी अस्पतालहरूमा भन्दा सर्वसुलभ शुल्कमा यो प्रविधिमा क्यान्सर लगायत अन्य घातक रोगहरूको उपचार गरिरहेका छौं ।’ दाहालले भने ।

केएमसीले पछिल्लो समय भित्र्याएका नवीनतम उपचार प्राविधिहरूले गजिट प्रकारका रोगका बिरामीहरू लाभान्वित भइरहेका छन् । प्रतिनिधि सभा सांसद, समाजसेवी डा. सुनिलकुमार शर्माले केएमसीको व्यवस्थापन सम्हालेसँगै अस्पतालका सेवालाई अत्याधुनिकीकरण गरिएको छ । हाल केएमसीमा जुनसुकै प्रकारका क्यान्सरको उपचार गर्न शल्यक्रिया पद्धतिसँगै किमोथेरापी सेवाहरू उपलब्ध छन् । भने, न्युरो इन्टरभेन्सन प्रविधिबाट पक्षघात, मस्तिष्कघात भएका, नसा च्यापिएका तथा हाडजोर्नीका गम्भिर रोगहरूको सफल उपचार भइरहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार