23.1 C
Kathmandu

नेपाल राष्ट्र बैंकद्वारा चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दर र बैंक दर दुबै घटाएको हो यसैगरी रेमिट्यान्स ३० प्रतिशतले वृद्धि भएको जनाएको छ । त्यस्तै यो वर्ष खाद्यान्न र पेय पदार्थको मुल्यवृद्धि ८ दशमलब ३८ प्रतिशतसम्म रहेको भन्दै सिमेन्ट र विद्युत निर्यातले व्यापार घाटामा केही कमी आएको जनाएको छ ।

समीक्षामा भनिएको छ- केही मुलुकहरुले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्ध र स्वदेशी बजार अनुगमन प्रभावकारी नहुँदा सोको फाइदा उठाउने प्रवृत्तिले गर्दा पनि मूल्यमा चाप पर्न गएको छ । पछिल्लो समय मध्यपूर्वी एशियाली मुलुकमा शुरु भएको भू-राजनीतिक तनावले मूल्यमा थप चाप पर्न सक्ने जोखिम रहेको छ । तर, भारतमा पछिल्ला महिनाहरुमा मूल्यवृद्धि घट्न थालेको र नेपालको थोक मूल्यवृद्धि कम रहेकोले मूल्यवृद्धिमा सुधार हुने अपेक्षा रहेको छ ।

बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको हो । यस्तै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३.० प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको केन्द्रीय बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय भू-राजनीतिक तनावका कारण आपूर्ति श्रृंखलामा भएको व्यवधान र अमेरिकी डलरसँग नेपाली रूपैयाँ अवमूल्यन भएका कारण उपभोक्ता मूल्यमा चाप परेको हो । खासगरी खाद्य तथा पेय पदार्थ समूहको मूल्यमा बढी चाप परेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको पूर्णपाठ-

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [193.00 KB]

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार