26.1 C
Kathmandu

नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने

काठमाडौं/ नेपाल वायुसेवा निगमले जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ ।

निगमले विज्ञप्ति जारि गर्दै काठमाडौं – क्वालालम्पूर – भैरहवा – काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ्ग खुला गरेको जनाएको छ । निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना रहेको बताएको छ ।

मलेसियाको जोहोरबारुबाट क्वालालम्पूर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमा Shuttle Bus को व्यवस्था पनि गर्दैछ । यस पश्चात यात्रुले निगमको जहाजबाट काठमाडौदेखि क्वालालम्पुर र जोहोरबारुसम्म, त्यसैगरी जोहोरबारुबाट समेत काठमाडौ वा भैरहवासम्मको टिकट लिई सहज रुपमा यात्रा गर्न सक्नेछन् । यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।

भगवान गौतमबुद्धको जन्मस्थानमा अन्तर्राष्ट्रिय यात्रूहरुलाई समेत आकर्षण गर्ने गरी थप ट्राभल प्याकेजहरुको पनि व्यवस्था गरिने निगमले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार