29.1 C
Kathmandu

पाँच प्रदेशका इन्जिनियर्स एशोसिएसनमा लोकतान्त्रिक समूहको नेतृत्व

काठमाडौं / नेपाल इन्जिनियर्स एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पाँच प्रदेशमा लोकतान्त्रिक समूह पदाधिकारीसहित बहुमत पदमा निर्वाचित भएको छ ।

पाँच प्रदेशमा सेन्टर फर डेमोक्रयाटिक इन्जिनियर्स नेपाल (सिडेन) को नेतृत्वसहित बहुमत पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्रदेश नं १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा लोकतान्त्रिक समूह निर्वाचित भएको निर्वाचन समितिका सदस्य उमेश गुप्ताले राससलाई जानकारी दिनुभयो । पाँच प्रदेशमा नेतृत्वसहित मुख्य पद गरी बहुमतमा सिडेनको समूह निर्वाचित भएको उनले सुनाए ।

मतगणना जारी मधेस प्रदेश र वाग्मतीमा पनि धेरै पदमा सिडेनकै पदाधिकारी एवं सदस्यको अग्रता रहेको छ । मधेस प्रदेशका दुई निर्वाचन केन्द्रमध्ये एक र वाग्मतीका तीन निर्वाचन केन्द्रमध्ये एकको मतगणना जारी छ । मंगलबार बेलुकीसम्म जनकपुर काठमाडौं केन्द्रको पनि मत परिणाम आउने समितिले जनाएको छ । राज्य पुनःसंरचनापछि प्रदेशको दोस्रो कार्यकालका लागि मतदान भएको हो ।

एशोसिएसनको अध्यक्षमा प्रदेश १ मा जयनाथ यादव, गण्डकीमा वृजेन्द्र केसी, लुम्बिनीमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णालीमा हरि केसी र सुदूरपश्चिममा प्रदीपकुमार पन्त निर्वाचित भएका छन् । अग्रता कायम गर्ने सिडेनका उम्मेदवारमा मधेस प्रदेशमा श्यामकिशोर यादव र वाग्मतीमा रोहिणी पौडेल छन् ।

केन्द्रीय नेतृत्वमा पनि सिडेनकै अग्रता केन्द्रीय नेतृत्वमा पनि सिडेनका पदाधिकारी एवं सदस्य गरी बहुमतमा अग्रता कायम गरेको छ । लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा डा हरिबहादुर दर्लामीको नेतृत्वको समूह प्रतिस्पर्धामा छ । (रासस)

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार