23.1 C
Kathmandu

नेपाल साउदीबीच सामान्य सहकार्य सम्झौता

काठमाडौँ/ नेपाल र साउदी अरबबीच द्विपक्षीय सहयोग अभिवृद्धि गर्न मंगलबार ‘सामान्य सहकार्य सम्झौता’ मा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्का र साउदी अरबका विदेशमन्त्री फैसल बिन फहरान अल साउदले हस्ताक्षर गरेका छन् ।नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षको पुगेको छ । यहि अवसरमा यो सम्झौता गरिएको बताइएको छ । २३ सदस्यीय टोलीको नेतृत्व गरेर काठमाडौं आएका साउदी विदेशमन्त्री अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरे । श्रीलंका हुँदै नेपालको दुईदिने भ्रमणमा आएका उनी मंगलबार नै स्वदेश फर्केका छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार