26.1 C
Kathmandu

सहकारीमा सन्दर्भ ब्याजदर तोकियो, अधिकतम ब्याजदर १६ प्रतिशत लिन पाइने

 

सहकारीले ऋणको अधिकतम ब्याजदर १६ प्रतिशत लागू गरेमा उसले बचतमा दिने ब्याजदर १० प्रतिशतभन्दा कम हुनु हुँदैन ।

काठमाडौँ/  सहकारी विभागले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुका लागि सन्दर्भ ब्याजदर तोकेको छ । विभागले शुक्रबार कर्जाको अधिकतम ब्याजदर १६ प्रतिशत हुनेगरी सन्दर्भ ब्याजदर तोकेको हो । यो ब्याजदर फागुन १५ गतेबाट लागूहुने छ ।

राष्ट्रिय बचत तथा ऋण सहकारी संघका अध्यक्ष परितोष पौड्यालका अनुसार विभागले हरेक वर्ष सन्दर्भ ब्याजदरमा पुनरावलोकन गर्ने गरेको छ । यसअघि बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत रहेको थियो ।

सहकारी ऐन २०७४ को दफा ५१ र सहकारी नियमावली २०७५ को दफा २३ ले सन्दर्भ ब्याजदरसम्बन्धी व्यवस्था गरेको छ । ऋण र बचतको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ । अब यदि सहकारीले ऋणको अधिकतम ब्याजदर १६ प्रतिशत लागू गरेमा उसले बचतमा दिने ब्याजदर १० प्रतिशतभन्दा कम हुनु हुँदैन । तरलता अभावपछि बैंकहरुले फागुनदेखि लागू हुनेगरी ब्याजदर बढाएसँगै सहकारीहरुले सन्दर्भ ब्याजदर १८ प्रतिशत लागू गर्नुपर्ने माग गर्दै आएका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार