26.1 C
Kathmandu

बैैंकहरूको ६ महिनामै घरजग्गामा दुई खर्ब लगानी, कुन बैंकको कति ? (सूचीसहित)

काठमाडौं । घर जग्गामा बैंक तथा वित्तीय संस्थाहरूको पुस २०७८ सम्मको लगानी २ खर्ब १० अर्ब २९ करोड रुपैयाँ रहेको छ । यस्तो लगानी असार २०७८ मा २ खर्ब ६ अर्ब ९१ करोड रुपैयाँ थियो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार ६ महिनामा नै बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ३८ करोड रुपैयाँ घरजग्गामा लगानी गरेका छन् । यस्तो लगानी ६ महिनामा १.६३ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाले गरेको लगानी गत वर्षको पुस सम्ममा १ खर्ब ६८ अर्ब ६६ करोड रुपैयाँ थियो । यस्तो लगानी गत वर्षको सोही अवधिसम्मको तुलनामा यो वर्ष ४ अर्ब १६ करोड रुपैयाँले बढेको छ । यो लगानी एक वर्षमा २४ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जारी गरेको तथ्यांकले देखाएको छ ।

घरजग्गामा वाणिज्य बैंकहरूको मात्रै पुस मसान्तसम्ममा १ खर्ब ८० अर्ब ७८ करोड रुपैयाँ लगानी गरेको तथ्यांक छ । यस्तो लगानी गत वर्षको सोही अवधिसम्माम १ खर्ब ४५ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार