26.1 C
Kathmandu

नेपालको व्यापार घाटा १० खर्ब नाघ्यो, १२ खर्बको वैदेशिक व्यापारमा १ खर्बमात्रै निर्यात

काठमाडौं । नेपालको व्यापार घाटा थप चुलिएको छ । चालू आर्थिक वर्षको ७ महिनामा ११ खर्ब ४७ अर्ब रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागले मंगलवार सार्वजनिक गरेको साउनदेखि माघसम्मको तथ्यांक अनुसार आयात ४२.७८ प्रतिशतले बढेको छ ।

यस्तो आयात गत वर्षको सोही अवधिमा ८ खर्ब ३ अर्ब रुपैयाँको मात्रै थियो । यो अवधिसम्मको नेपालको व्यापार घाटा ३८ प्रतिशतले बढेको छ । निर्यातको तुलनामा आयातको हिस्सा अधिक भएकोले पनि व्यापार घाटा हरेक महिना बढिरेहको छ । माघसम्मको नेपालको व्यापार घाटा १० खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । यस्तो व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिमा ७ खर्ब ३३ अर्ब रुपैयाँको मात्रै थियो ।

यो अवधिसम्ममा नेपालको वैदेशिक व्यापार भने १२ खर्ब ७९ अर्ब रुपैयाँको रहेको छ । नेपालमा साढे ११ खर्बको आयात हुँदा निर्यात भने १ खर्ब ३१ रुपैयाँको मात्रै छ । यस्तो निर्यात चालू आवको ७ महिनामा ८८.३० प्रतिशतले बढेको छ । गत वर्षको माघसम्ममा भएको यस्तो निर्यात ६९ अर्ब ९१ करोड रुपैयाँको मात्रै रहेको थियो ।

नेपालमा हुने वैदेशिक व्यापारमा कुल आयातको हिस्सा नै ८९ प्रतिशत गरेको छ । यसमा निर्यातको हिस्सा भने जम्मा १०.२९ प्रतिशत रहेको पनि भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

 

नेपालमा चालू आवको ७ महिनामा सबैभन्दा बढी आयात भएको वस्तु पेट्रोलियम पदार्थ हो । यो अवधिसम्मको पेट्रोलियम पदार्थको आयात नै १ खर्ब ८५ अर्ब रुपैयाँको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार