29.1 C
Kathmandu

वाणिज्य बैंकको निक्षेप स्थिर, कर्जा भने ६ अर्बले बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरुमा माघ अन्तिम साता निक्षेप स्थिर रहेको छ भने कर्जा भने ६ अर्ब रुपैयाँले बढेको छ । माघ तेस्रो सातामा ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको निक्षेप चौथो साता पनि सोही अंकमा सिमित भएको छ । यो अवधिमा कर्जा भने ४१ अर्ब ४९ अर्बबाट ६ अर्ब बढेर ४१ अर्ब ५५ अर्ब पुगेको पनि नेपाल बैंकर्स संघले जारी गरेको एक तथ्यांकमा उल्लेख छ ।
माघ महिनामा वाणिज्य बैंकहरूमा रहेको निक्षेप साढे १३ अर्ब रूपैयाँले घटेको छ । वाणिज्य बेंकहरूबाट निक्षेप बाहिरिने क्रमले माघमा पनि निरन्तरता पाएको हो । पुसमा निक्षेप १३ अर्ब रूपैयाँले कम भएको थियो ।

माघको पहिलो साता नै घटेको निक्षेपले त्यसयता बढ्न नसक्दा वाणिज्य बैंकहरूका लागि माघ निराशाजनक महिना बनेको हो । पुस मसान्तसम्म वाणिज्य बैंकहरूमा कुल ४३ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ निक्षेप थियो । माघ मसान्तसम्म आइपुग्दा निक्षेप घटेर ४३ खर्ब १० अर्ब ८५ करोड रूपैयाँमा सिमित भएको हो ।

निक्षेप घटिरहँदा कर्जा प्रवाह भने निरन्तर बढेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूले पुस मसान्तसम्म ४१ खर्ब ४२ अर्ब ९२ करोड रूपैयाँ कर्जा प्रवाह गरेकामा माघ मसान्तसम्म आइपुग्दा कर्जा प्रवाह ११ अर्ब ९२ करोड रूपैयाँले बढेर ४१ खृब ५४ अर्ब ८४ करोड रूपैयाँ पुगेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार