29.1 C
Kathmandu

यथास्थितिमा अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न सकिदैनः नेकपा (माओवादी केन्द्र)

काठमाडौं / नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले यथास्थितिमा अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न नसकिने निष्कर्ष निकालेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको दलको बैठकले यथास्थितिमा एमसीसी पास गर्न नसकिने निर्णय गरेको हो। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देव गुरुङले यथास्थितिमा पास गराउन नसकिने निर्णय भएको जानकारी दिए।

बैठकले यथास्थितिमा एमसिसी पास गराउन नसकिने निष्कर्ष निकालेपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाटका लागि बालुवाटार गएका छन् । संशोधनबिना जबरजस्ती एमसिसी संसदमा पेस भए विपक्षमा मतदान गर्ने माओवादी संसदीय दलले निर्णय गरेको छ।

सत्तारुढ पाँच दलको निर्णय मात्रै सरकारको निर्णय हुने अन्यथा माओवादी केन्द्र सरकारमा नरहने बैठकले निष्कर्ष निकालेको नेता गुरुङले जानकारी दिए। सदन सुचारु नगरी कुनै एजेन्डा अघि बढ्न नसक्ने भएकाले सदन सुचारु गर्न जोड दिनुपर्ने पनि सो बैठकले निर्णय गरेको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार