29.1 C
Kathmandu

महिला सहकर्मी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई बर्खास्त गरेको छ । उच्च पदस्थ महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप प्रमाणित भएपछि बैंकिङ सेवामा अयोग्य नठहरिने गरी उनलाई नेपाल राष्ट्र बैंकको सेवाबाट बर्खास्त गर्ने निर्णय गरिएको हो ।

निर्देशक आचार्यले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै राष्ट्र बैंकमा उजुरी परेको थियो । उक्त उजुरी उपर छानविन गर्दा दोषी पाइएपछि आचार्यलाई बर्खास्त गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकका सहप्रवक्ता डिल्ली राम पोखरेलका अनुसार आचार्यलाई राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम आचार्यलाई बर्खास्त गरिएको हो ।

पुस महिनाका अन्तिम साता नगरकोटमा आयोजना कर्मचारीहरुको तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रममा निर्देशक आचार्यले एक उच्च पदस्थ महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार