23.1 C
Kathmandu

किसानलाई दुग्ध वस्तुको बक्यौता भुक्तानी गर्न अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ सहुलियत ऋण दिने 

काठमाडौँ । अर्थ मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) लाई  किसानलाई दुग्ध पदार्थको बक्यौता भुक्तानी गर्न ३० करोड रुपैयाँ सहुलियत ऋण दिने भएको छ । मन्त्रालयले शुक्रबार सहुलियत  ऋण सम्बन्धमा निर्णय गरेको हो । 

यसअघि अर्थमन्त्री वर्षमान पुनले राजस्व सचिव रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । 

किसानसम्बद्ध सङ्घसंस्थामा हाल करिब २ लाख परिवार आबद्ध छन् । दुग्ध पदार्थको  खरिद गरेका निजी डेरी र डीडीसीले किसानलाई करिब ७ अर्ब भुक्तानी दिन बाँकी रहेको बताइएको छ । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुग्ध पदार्थको भुक्तानीका लागि अर्थ मन्त्रालयमा पटकपटक ताकेता गरिरहेको भएपनि बजेट निकासा नहुँदा भुक्तानीमा समस्या आएको बताइएको छ । अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव गोविन्दप्रसाद शर्मा र कृषि तथा पशुपक्षी विकास सचिव रेवतीरमण पौडेलसँग छलफल गरेपछि भुक्तानी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । कृषि मन्त्रालयको खर्च नभएको बजेटलाई अर्थ मन्त्रालयले मिलान गर्ने गरि भुक्तानीको व्यवस्था मिलाउन लागिएको कृषि तथा पशुपक्षी विकास सचिव रेवतीरमण पौडेलले जानकारी दिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार