29.1 C
Kathmandu

पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस

काठमाडौ। सुन तस्करी सम्बन्धी छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित उच्चस्तरीय छानबिन आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बिहीबार प्रतिवेदन बुझाएको छ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि दोषी देखिएको भन्दै मुद्दा चलाउन सिफारिस गरेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो।

महरालाई छानबिन आयोगले बयान समेत लिएको थियो । कृष्णबहादुर महराका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा मुछिएपछि पुर्पक्षका लागि थुनामा छन्।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले  सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको यसको पुनः छानबिन गर्नने समेत बताएका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार