29.1 C
Kathmandu

पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङ विरुद्ध १३८ किलो सुन तस्करी प्रकरणमा मुद्दा दायर

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका तत्कालीन सल्लाहकार ‘वैदेशिक मामिला विज्ञ’ जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा सुन तस्करी गरेको आरोपमा शुक्रबार मुद्दा दायर भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ३८ किलो सुन तस्करी गरेको आरोपमा उनीमाथि १ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो बमोजिम जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित मुद्दा दायर भएको हो।

मंसिर २१ गते १४ किलो सुन सहित गोरखाका चन्द्र घले पक्राउ परेपछि सुन ल्याउने मुख्य योजनाकार गुरुङ गरेको खुलासा भएको थियो । सुन तस्करीमा उनको संलग्नता रहेको आरोप लागेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई गत फागुन १४ गते पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा काठमाडौंको डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी प्रमुख समेत रहेका गुरुङले भरिया मार्फत विमानस्थल हुँदै तस्करी भएर आउने सुन लिएर व्यवस्थापनको काम गर्ने गरेका पाइएको छ । उक्त सुन तस्करी प्रकरणमा मिन घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर बस्नेत, राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, अनिल श्रेष्ठ र रमेश देउला सहित ७ जना विरुद्ध मुद्दा दायर भई पुर्पक्षका लागि थुनामा छन् भने दानबहादुर गुरुङ र बिना गुरुङ फरार छन् ।

घले समुहले सन् २०१४ देखि नै सुन तस्करी गर्ने गरेको र पछिल्लो एक वर्षमा मात्रै करिब १ सय ३८ किलो सुन तस्करी गरेर नेपाल भित्र्याएको पाइएको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार