26.1 C
Kathmandu

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सहकारी विभागका रजिष्ट्रारको प्रस्तावमा लालीगुराँस सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । 

मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्ति अनुसार सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यस सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको हो ।

प्रवक्ता गणेशप्रसाद भट्टद्वारा जारी विज्ञप्तिमा उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको उल्लेख गरिएको छ । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार