23.1 C
Kathmandu

प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले पयो अनुमति 

काठमाडौं । उच्च अदालत, पाटनले प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई  अनुमति दिएको छ । यस प्रकरणमा अझै अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपका लागि माग गरेपछि उच्च अदालतले मंगलबार तेश्रो पटक उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फागुन १५ गते न्यौपानेसहित सेन्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, र सुनिल बस्नेतलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । 

देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईँका चार कम्पनीलाई तत्कालीन सेन्चुरी कमर्सियल बैंकले ऋण प्रवाह गरेको पाइएपछि प्रहरीको अनुसन्धान ऋण लगानी गर्ने बैंकतिर सोझिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले चौलागाईँका पूजा ट्रेडिङ एण्ड मार्केटिङ कम्पनी प्रा.ली. , थ्री ब्रदर्स मार्केटिङ प्रा.ली. , पुजा मार्केटिङ प्रा.ली. र अन्नपूर्ण डिस्टिलरी प्रा.ली. लाई कर्जा प्रवाह गर्दा धितो स्वरुप बैंकमा कर्जा सुरक्षण बापत राखिने धितोको मूल्याङ्कनभन्दा बढी ऋण प्रवाह गरेको भेट्टाएको थियो । 

बैंकले ऋण प्रवाह गर्न धितोको मूल्यांकन एक अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ थियो। तर कर्जा स्वरूप दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ प्रवाह भएको पाइएको थियो । धितोको मूल्याङ्कनभन्दा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ बढि ऋण प्रवाह गरेको पाइएपछि प्रहरीले यसमा संलग्न बैंकका कर्मचारीहरूलाई पक्राउ गरेको थियो ।  प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उनीहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार