26.1 C
Kathmandu

चैत्र १ गते मात्र ४ रुपैयाँमा कपाल काट्ने अफर !

काठमाडौँ । सामान्यतया तपाई काठमाडौंको कुनै सैलुनमा जानु भयो भने कपाल काटेको कति तिर्नु हुन्छ ? कम्तिमा १ सय ५० रुपैया त तिर्नु हुन्छ नै होला । यो महँगीको समयमा ४ रुपैयाँमा त्यो पनि काठमाडौंको भव्य सैलुनमा बसेर कपाल काट्न पाउनु भयो भने जानुहुन्छ ? यदि यो सुविधा लिन चाहनुहुन्छ भने चैत्र १ गते एक दिनका लागि ४ रुपैयाँमा तपाईंले कपाल कटाउन पाउनु हुने छ । 

यो महङ्गीको जमानामा ४ रुपैयाँमा के आउँछ ? एक कप चिया पनि न्यूनतम २५ रुपैयाँ पर्छ । तर एक युवाले आफ्नो व्यवसाय सञ्चालनको वार्षिकोत्सवको अवसर चैत्र १ गते मात्र ४ रुपैयाँमा कपाल कटाउने सेवा दिने भएका छन् । 

काठमाडौँको कपनमा रहेको बि स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनका सञ्चालक विक्रम गौतमले आफ्नो सैलुन स्थापनको चौथो वार्षिकोत्सवको अवसर पारेर यस्तो अफर ल्याएका हुन । उनले चैत्र १ गते ४ रुपैयाँमा कपाल काट्ने सुविधा सहित अन्य सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवामा ५० प्रतिशत सम्मको डिस्काउन्टमा अफर ल्याएका छन । 

अफरका बारेमा जानकारी दिँदै सञ्चालक गौतमले भने, हामीले हरेक वर्ष यस्तो अफर ल्याएका थियौं । पहिलो वर्ष १ रुपैयाँमा, दोस्रो वर्ष २ रुपैयाँमा, तेस्रो वर्ष ३ रुपैयाँमा यो अफर दिएका थियौं । यसपालि चौथो वार्षिक उत्सव भएकाले उक्त दिन हामीले ४ रुपैयाँमा कपाल काट्ने सुविधा ल्याएका हौं । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार