29.1 C
Kathmandu

राष्ट्रियस्तरको शाखा प्रमुखहरूको सम्मेलन सम्पन्न

काठमाडौँ । एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाका राष्ट्रियस्तरको शाखा प्रमुखहरूको सम्मेलन चितवनको सौराहामा सम्पन्न भएको छ । “साथी सँगै सबल बन्दै” भन्ने मूल नाराका लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था फागुन २५ देखि २७ गतेसम्म सम्मेलनको आयोजना गरेको थियो । 

संस्थाका प्रमुख सूचना अधिकृत राजेन्द्र न्यौपानेका अनुसार सम्मेलनमा मुलुकभरका २ सय ८७ शाखा कार्यालयहरूका सम्पूर्ण शाखा प्रमुखहरू, प्रदेश प्रमुखहरू, संस्थाको कर्पोरेट कार्यालयका विभागीय प्रमुखहरू, संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका अध्यक्ष एवं सञ्चालक समितिका सदस्यहरूको सहभागिता थियो । 

सम्मेलनमा संस्थाको सञ्चालक समितिका अध्यक्ष सुवर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत  लक्ष्मण चालिसेले कार्यक्रमको उद्देश्य तथा संस्थाका विविध पक्षका बारेमा मन्तव्य राख्नु भएको थियो । उक्त सम्मेलनमा संस्थाले आमन्त्रित गरेका त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा लघुवित्त विज्ञ डा. भरत सिंह थापाले लघुवित्तले गरिबी न्यूनिकरणमा गरेको योगदान, लघुवित्तको वर्तमान अवस्था, चुनौती र अबको लघुवित्तको बाटोको विषयमा प्रस्तुति दिनुभएको थियो । 

उत्प्रेरक वक्ता रमण भट्टराईले सम्मेलनमा जीवन, जगत, काम र जीवनलाई कसरी सन्तुलनमा राख्ने भन्ने विषयमा रोमान्चक तरिकाले सहभागी सम्पूर्ण कर्मचारीहरूका लागि प्रेरणादायी प्रस्तुति दिनुभएको थियो ।

उक्त शाखा प्रमुख सम्मेलनमा सहभागी हुनुभएका केही शाखा प्रमुखहरूले लघुवित्तमा आफ्नो यात्रा, संघर्ष  र सफलताका विषयमा प्रस्तुति दिनुभएको थियो । उक्त अवसरमा संस्था स्थापना कालदेखि निरन्तर रुपमा कार्यरत कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

संस्थाले सम्मेलनमा सामाजिक उत्तरदायित्व अन्तर्गत चितवन जिल्लाका विभिन्न नगरपालिकाहरूमा रहेका ५ वाट आधारभुत विद्यालयका प्रधानाध्यापकहरूलाई कार्यक्रममा आमन्त्रित गरी शैक्षिक तथा मेडिकल सामाग्रीहरू वितरण गरेको थियो । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार