24.1 C
Kathmandu

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल विजयी

काठमाडौँ । बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल अध्यक्ष पदमा निर्वाचित भएका छन् । सत्तागठबन्धनको साझा उम्मेदवार दाहाल नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गरेका हुन् ।

राष्ट्रिय सभामा विद्यमान ५९ मतमध्ये सत्तागठबन्धनको साझा उम्मेदवार दाहालले ३९ मत प्राप्त गरेका थिए भने कांग्रेसका शर्माले १७ मत प्राप्त गरेका थिए। चारवर्षे कार्यकाल रहेका दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैतमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए । चितवनका दाहाल २०३१ सालदेखि पार्टीमा सक्रिय छन् । उनी २०५७ देखि माओवादी केन्द्रीय सदस्य छन् ।

माओवादी केन्द्रको १७, एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपाको ३ मत दाहालले प्राप्त गरेका थिए भने राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई नै मत दिएका थिए। कांग्रेसका उम्मेदवार शर्माले कांग्रेसको १६ र लोकतान्त्रिक समाजवादी पार्टीको १ गरि १७ मत प्राप्त गरेका थिए ।

निर्वाचनका समयमा ५६ जना सांसद उपस्थित भएपनि राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले भने तटस्थ रहे । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त रहेको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार