23.1 C
Kathmandu

महासङ्घको पहलमा दश अर्बको लगानी कम्पनी स्थापना हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा दश अर्बको लगानी कम्पनी स्थापना हुने भएको छ । महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले वीरगन्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा बोल्दै यसबारे जानकारी दिनुभएको हो । 

अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । कम्पनीको अधिकृत पूँजी दश अर्ब रुपैयाँ हुनेछ । यसमा महासङ्घका सदस्य बाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले बताउनुभयो । 

कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि पहल गरिरहेको पनि बताउनुभयो । राजनीतिक दलहरूको आर्थिक विषयमा एकै एजेण्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउँदै अध्यक्ष ढकालले महासङ्घको चैत्र अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरूको ऐक्यवद्धता खोजिने जानकारी पनि गराउनुभयो । 

महासङ्घले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहद् आर्थिक बहस यसको कोशेढुङगा भएको जानकारी पनि उहाँले गराउनुभयो । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले त्यसपछि वित्तिय क्षेत्रमा सुधार भएको बताउनुभयो । ‘अझै हामीले प्रयास गर्नुपर्छ,’ अध्यक्ष ढकालले भन्नुभयो, ‘बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ ।’ 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार