26.1 C
Kathmandu

जेठभित्रै स्थानीय तहको चुनाव हुने, समाजबादी पाटीलाई सबैभन्दा ठूलो धक्का लाग्दै

काठमाडौं । आगामी जेठभित्रै स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् । नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

उनका अनुसार गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।निर्वाचन आयोगले भने स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई दबाव दिँदै आएको थियो ।

तर सत्तारुढ दलका नेताहरु भने स्थानीय तहको जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुने र कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था संविधानमा रहेको भन्दै स्थानीय तह निर्वाचन ऐन संविधानसँग बाझिएकाले संशोधन गरेर निर्वाचन फागुनमा सार्ने मनस्थितिमा थिए ।

जेठभित्रै चुनाव हुने भएपनि सत्तारुढ दलमध्यको नेकपा एकीकृत समाजबादीलाई भने ठूलो धक्का लाग्ने भएको छ । समाजवादी पार्टी भर्खरै गठन भएको र स्थानीय निकायसम्म पार्टी संरुचना बनिसकेको छ्रैन । जसका कारण यही चुनाव समाजबादीका लागि कठीन र चुनौति पूर्ण हुने देखिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार