26.1 C
Kathmandu

शेयर बजारमा कारोबार हुने १५ विकास बैंकहरुको वित्तीय विवरण सार्वजनिक, कस्ले कति कमाए सूचीसहित

काठमाडौं । शेयर बजारमा कारोबार हुने १५ विकास बैंकको चालू आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएको छ । नेप्सेमा सूचीकृत विकास बैंकहरुमध्ये १५ विकास बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।

१५ विकास बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३५ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ९६ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएका यी बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

१५ विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ। बैंकले पुस मसान्तसम्ममा ६० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा पनि विकास बैंकहरुमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले नै कमाएको थियो। यद्यपि, बैंकको नाफा भने समीक्षा अवधिमा २.१४ प्रतिशत घटेको छ।

नाफा कमाउनेमध्ये सबैभन्दा कम नाफा भने ग्रीन डेभलपमेन्ट बैंक रहेको छ। यस बैंकले १८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २९ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो।

यी मध्ये २ विकास बैंकको खुद नाफा भने ऋणात्मक रहेको छ। अर्थात दुई विकास बैंक घाटामा रहेको छ। पुस मसान्तसम्ममा नारायणी डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंक ऋणात्मक रहेको छ। पुस मसान्तसम्ममा नारायणी डेभलपमेन्ट बैंकको नाफा ५९ लाख ९८ हजार रुपैयाँ र कर्णाली डेभलपमेन्ट बैंक १ करोड ६३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार